आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:३४ |सिड्नीको समय: ११:३४ |काठमाडौंको समय: ०७:१९

प्रधानमन्त्रीविरुद्द चर्को नारा लगाउने तीनैजना जेल चलान

एएनजेड खबरमार्च २७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्नै तीनै युवा जेल चलान भएका छन्। काठमाडौंको थापागाउँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न पुगेका बेला केही युवाहरुले नारावाजी गरेका थिए।

नारावाजी गर्ने ती युवाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो। जिल्ला प्रशासन कार्यालयले जनही ५-५ हजार रुपैयाँ धरौटी माग गरे पनि नतिरेपछि जेल चलान गरिएको हो।

डिल्ली बजार कारागार चलान भएका सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बागलुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्का रहेका छन्।

बानेस्वरमा भएको सो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड कार्यक्रमस्थल छिर्नेबित्तिकै यी तीन युवाले गरिबमारा प्रचण्ड सरकार मुर्दावाद भन्दै चर्को नाराबाजी गरेका थिए।

तपाइँको प्रतिक्रिया