आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:५७ |सिड्नीको समय: ११:५७ |काठमाडौंको समय: ०७:४२

प्रधानमन्त्री सहित शिर्स नेताहरुको भेटवार्ता, बुधवार १० दलको बैठक बस्ने

एएनजेड खबरमार्च २७, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुको भेटवार्ता भएको छ।

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् ।

शिर्स नेताहरूको छलफलले बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संसदबाट दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। सोही विषयलाई पूर्णता दिन आज शिर्स नेताहरूको परामर्स भएको हो।

तपाइँको प्रतिक्रिया