आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:४९ |सिड्नीको समय: ११:४९ |काठमाडौंको समय: ०७:३४

उपनिर्वाचन एक्लै लड्ने रास्वपाको निर्णय

एएनजेड खबरमार्च २५, २०२३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचनमा गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको छ। सो पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।

चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुदैछ।

बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ।

बैठकले निर्वाचन परिचालन समितिका लागि तनहुँमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकेको छ।

तपाइँको प्रतिक्रिया