आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १३:४० |सिड्नीको समय: ११:४० |काठमाडौंको समय: ०७:२५

रेडियो नेपालकी पूर्व समाचार सम्पादक कृष्णा ताम्राकारको निधन

एएनजेड खबरमार्च २४, २०२३

लामो समय रेडियो नेपालमा समाचार बाचन गरेकी पत्रकार कृष्णा ताम्राकारको निधन भएको छ। केहीदिनदेखि अन्नपूर्ण न्युरो अस्पतालमा उपचार गरिरहेकी ताम्राकारको ८६ वर्षको उमेरमा हिजो बेलुका निधन भएको हो। निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन्।

पत्रकार कृष्णा ताम्राकार

काभ्रेको बनेपामा जन्मिएकी उनी रेडियो नेपालकी पूर्व समाचार सम्पादक समेत हुन्। रेडियो नेपालमा उनले संचालन गर्ने ‘नासो’ कार्यक्रम जनमनमा गुञ्जिरहेको छ।

उनले २०१८ सालदेखि रेडियो नेपालमा काम गरेकी थिइन्। करिब ६० वर्ष रेडियोमा काम गरेकी ताम्राकारले रेडियो नेपालबाट २०४९ सालमा अवकाश लिएकी थिइन्।

तपाइँको प्रतिक्रिया