आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२९ |सिड्नीको समय: ०९:२९ |काठमाडौंको समय: ०५:१४

नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषयलाई टुंगो लगाऔँ :महामन्त्री गगन थापा

एएनजेड खबरमार्च २१, २०२३

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरुले कुनै नाफा घाटा नहेरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको विषय टुंग्याउनुपर्ने बताएका छन् ।
आज कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा आयोजित कार्यक्रममा उनले अब समयको सुविधा नभएकाले शान्ति प्रक्रियालाई यो वा त्यो नाममा लम्ब्याउने छुट नभएको समेत बताए ।

‘दलीय संकीर्णता र तत्कालको नाफा घाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधनको प्रयास गर्नुपर्छ, हामीसँग समयको सुविधा छैन’ उनले भने, ‘यो या त्यो नाममा लम्ब्यायौं भने अझै यो जटिल बन्दै जान्छ र भविष्यमा अझै अप्ठेरो सिर्जना गर्छ र अन्यायपूर्ण पनि हुन्छ ।’

संक्रणकालीन न्यायको विषय टुंग्याउन ढिलो भइसकेको भन्दै थापाले नेकपा एमालेलाई पनि सहकार्यमा आउन आग्रह गरे ।

तपाइँको प्रतिक्रिया