आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२३ |सिड्नीको समय: ०९:२३ |काठमाडौंको समय: ०५:०८

उपनिर्वाचनको लागी दल दर्ता गर्न ६ दिने म्याद

एएनजेड खबरमार्च २१, २०२३

निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनको निम्ति दल दर्ता आह्वान गरेको छ । प्रतिनिधि सभा सदस्य पदका लागि हुने दल दर्ताको निम्ति आयोगले आजदेखि आगामी १२ गतेसम्म म्याद तोकिएको हो ।

चितवन २, तनहुँ १ र बारा २ मा प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुने भएको छ ।

चितवनमा रवि लामिछाने दोहोरो नागरिकता मुद्दामा अदालतले पद खारेजी गरेपछि , तनहुँ १ मा रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा २ मा रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त भएको हो ।

आगामी वैशाख १० गते यी तिनै स्थानमा उपनिर्वाचन हुनेछ ।

तपाइँको प्रतिक्रिया