आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:३६ |सिड्नीको समय: ०९:३६ |काठमाडौंको समय: ०५:२१

तनहुँ-१ मा पनि बैशाख १० गते उपनिर्वाचन हुने

एएनजेड खबरमार्च २०, २०२३

राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित तनहुँ जिल्लाको निर्वाचन क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुने भएको छ।

सो क्षेत्रबाट निर्वाचित सांसद पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको उक्त स्थानमा चुनाव हुन लागेको हो।

निर्वाचन आयोगले आगामी वैशाख १० गते तनहुँ-१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो। सोही दिन चितवन क्षेत्र नं २ मा पनि उपनिर्वाचन हुँदै छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने संसद पदबाट मुक्त हुने सर्वोच्च अदालतको आदेश पछि सो क्षेत्र प्रतिनिधि बिहिन बनेको थियो।

तपाइँको प्रतिक्रिया