आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२३ |सिड्नीको समय: ०९:२३ |काठमाडौंको समय: ०५:०८

एमाले बिना राष्ट्रिय सहमती हुनै सक्दैन :एमाले उपाध्यक्ष विष्णु पौडेल

एएनजेड खबरमार्च २०, २०२३

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आफ्नो पार्टीलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने बताएका छन्। उनले आजको संसद बैठकमा बोल्दै एमाले बिनाको राष्ट्रिय सहमतिको रटान लगाइनु गलत भएको बताएका हुन्।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै पौडेलले आफ्नो पार्टीलाई बेवास्ता गरेर खोजिने राष्ट्रिय सहमतिले मुलुकको हित नगर्ने बताए ।

‘प्रधानमन्त्रीले कस्तो राष्ट्रिय सहमति खोज्नुभएको हो ? जनमतको हिसाबले देशको सबैभन्दा ठूलो दल एमालेसहितको राजनीतिक दलबिनाको सहमति कस्तो राष्ट्रिय सहमति हो ?’ उनले भने, ‘एमाले बिनाको राष्ट्रिय सहमतिको कुरा गरेको भए एमाले त्यसको विरोधमा छ ।

एमाले उपाध्यक्ष पौडेलले प्रधानमन्त्री प्रचण्डलाई कस्तो राष्ट्रिय सहमति खोजेको भनेर प्रश्न गरे । प्रधानमन्त्री बन्न समर्थन लिने र बनेको भोलिपल्ट शत्रुताको सम्बन्ध राख्दै एमालेलाई एक्ल्याउने प्रयास भएको उनले बताए ।

तपाइँको प्रतिक्रिया