आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२१ |सिड्नीको समय: ०९:२१ |काठमाडौंको समय: ०५:०६

प्रचण्डले प्रधानमन्त्री भएको भोलि पल्टबाटै इमान बिर्सिए :एमाले अध्यक्ष ओली

एएनजेड खबरमार्च २०, २०२३

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय हितलाई कमजोर बनाएको आरोप लगाएका छन्। आज पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो आरोप लगाएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

‘वैदेशिक सम्बन्ध असन्तुलित मात्रै होइन अत्यन्त अविश्वसनीय भएको छ,’ ओलीले भने, ‘यो उहाँकै कारण हो। त्यसकारण प्रधानमन्त्रीजीमाथि विश्वास छ भन्न सकिँदैन।’
उनले प्रधानमन्त्री दाहाल प्रधानमन्त्री बनेको भोलिपल्ट बाटै इमान बिर्सिएर अस्थिरतातर्फ गएको आरोप लगाए।

उनले प्रधानमन्त्री दाहाल राष्ट्रिय शक्तिलाई कमजोर पार्ने योजनामा रहेको आरोप पनि लगाए। अध्यक्ष ओलीले मित्र राष्ट्रसँग नेपालको सम्बन्ध बिग्रिनुको कारण प्रधानमन्त्री रहेकाले प्रधानमन्त्रीलाई संसदमा विश्वास गर्न नसकिने स्पष्ट पारे।

गठबन्धनका स्वार्थीहरुले प्रधानमन्त्रीमा विश्वासको मत दिएपनि आफ्नो पार्टीले उनलाई विश्वासको मत नदिने बताए।

प्रचण्ड प्रधानमन्त्री भएको भोलि पल्टबाटै इमानमा बस्न नसकेको पनि ओलीको भनाई छ।

तपाइँको प्रतिक्रिया