आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:२५ |सिड्नीको समय: ०९:२५ |काठमाडौंको समय: ०५:१०

कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन्छ :सभापति देउवा

एएनजेड खबरमार्च २०, २०२३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बताएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

प्रधानमन्त्रीले आज प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेश गरेपछि उक्त प्रस्तावमा छलफलमा बोल्दै देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताका हुन्।

देउवाले ‘कांग्रेस संवाद, सहमति र एकतामा जोड दिन्छ। प्रधानमन्त्रीले राख्नुभएको प्रस्तावको पक्षमा मतदान गर्ने हाम्रो पार्टीले निर्णय गरेको छ। ‘हाम्रो पार्टी वर्तमान सरकारमा पनि सहभागी हुनेछ।’

उनले प्रधानमन्त्री दाहालले विश्वासको मत पाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले वर्तमान चुनौती सामना गर्दै देश र जनताको हितमा काम गर्ने विश्वास पनि देउवाको छ।

तपाइँको प्रतिक्रिया