आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:३० |सिड्नीको समय: ०९:३० |काठमाडौंको समय: ०५:१५

प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै

एएनजेड खबरमार्च २०, २०२३

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज दोस्रो पटक विश्वासको मत लिँदै छन्। प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट विश्वासको मत लिने संसद सचिवालयले जानकारी दिएको छ ।

नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। सोही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले आज विश्वासको मत लिने लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई माओवादी केन्द्रसहित नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायतको समर्थन रहने विश्वास गरिएको छ।

तपाइँको प्रतिक्रिया