आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १०:५६ |सिड्नीको समय: ०८:५६ |काठमाडौंको समय: ०४:४१

नब निर्वाचित उपराष्ट्रपति यादवले राष्ट्रपतिबाट लिए शपथ

एएनजेड खबरमार्च २०, २०२३

नब निर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।आज बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।

जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।

उपराष्ट्रपति पुनले भने यस अघिनै उपराष्ट्रपति निवास छोडी सकेका छन् ।

तपाइँको प्रतिक्रिया