आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:०२ |सिड्नीको समय: ०९:०२ |काठमाडौंको समय: ०४:४७

एक नम्बर प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै विराटनगरमा प्रदर्शन, प्रहरीले गर्यो अश्रुग्यास प्रहार

एएनजेड खबरमार्च १९, २०२३

प्रदेशको नाम ‘कोशी’ राखेको भन्दै विराटनगरमा प्रदर्शन भएको छ । पहिचानका आधारमा नाम राख्नुपर्ने माग गर्दै प्रदर्शनमा उत्रीएका प्रदर्शनकारी र प्रहरी बीच झडप समेत बहेको छ।

प्रदर्शनाकारीले कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरु नारा जुलुस गर्दै निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप भएको हो । त्यसक्रममा प्रहरीले केही सेल अश्रु ग्यास पनि प्रहार गरेको छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

प्रदेशको नामांकनको विरोधमा असन्तुष्ट पक्षले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको थियो ।

तपाइँको प्रतिक्रिया