आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:०० |सिड्नीको समय: ०९:०० |काठमाडौंको समय: ०४:४५

कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

एएनजेड खबरमार्च १९, २०२३

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आफ्ना सांसदहरूलाई विश्वासको मतका लागि ह्विप जारी गरेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कार्यसम्पादन समितिको बैठकले सरकारको पक्षमा मत दिने निर्णय गर्दै सांसदहरुलई ह्वीप जारी गरिएको जानकारी दिए

फागुन १५ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड सरकार अल्पमतमा परेको थियो। एमालेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि समर्थन फिर्ता लिएकाले प्रचण्डले फेरि संसदबाट विश्वासको मत लिनुपर्ने भएको हो।

प्रधानमन्त्री प्रचण्डले भोली सोमबार संसदबाट विश्वासको मत लिने भएका हुन् ।

तपाइँको प्रतिक्रिया