आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १०:५७ |सिड्नीको समय: ०८:५७ |काठमाडौंको समय: ०४:४२

गैरआवासीय नेपाली संघले उठाएका विषयमा सकारात्मक छु : राष्ट्रपति पौडेल

एएनजेड खबरमार्च १७, २०२३

गैरआवासीय नेपाली संघको टोलिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको छ । राष्ट्रपति निवासमा आज भएको भेटमा विश्वभरका गैरआवासीय नेपाली एनआरएनएको तर्फबाट राष्ट्रपतिलाई सफल कार्यकालको शुभकामना समेत दिएका थिए।

राष्ट्रपति संगको भेटमा एनआरएनएको टोलीले गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायतका विषयमा छलफल गरेको थियो।

जवाफमा राष्ट्रपति पौडेलले गैरआवासीय नेपाली संघले उठाएको विषयलाई समाधान गरिने बताएका थिए। राष्ट्रपतिले गैरआवासीय नेपाली संघले उठाएका महत्वपूर्ण विषयमा आफु सकारात्मक रहेको पनि बताएका थिए।

तपाइँको प्रतिक्रिया