आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ११:१३ |सिड्नीको समय: ०९:१३ |काठमाडौंको समय: ०४:५८

प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गरेपछि कांग्रेस सरकारमा जान्छ : नेता निधि

एएनजेड खबरमार्च १६, २०२३

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि आफ्नो पार्टी सरकारमा जाने बताएका छन्।

आज ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै नेता निधिले उपराष्ट्रपति निर्वाचनलगत्तै प्रधानमन्त्रीले विश्वासको मत लिने र त्यसपछि कांग्रेस सरकारमा जाने जानकारी दिएका हुन्।

उनले गठबन्धन दलहरूबीच सहमति भएअनुसार सरकार पाँच वर्षसम्म कायम रहने पनि बताए। नेता निधिले पहिलो चरणमा प्रधानमन्त्री प्रचण्ड र दोस्रोमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नेतृत्व गर्ने पनि
सार्वजनिक गरेका छन्।

तेस्रो चरणको सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने सहमति भएको उनको भनाइ थियो।

तपाइँको प्रतिक्रिया