आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०९:२२ |सिड्नीको समय: ०७:२२ |काठमाडौंको समय: ०३:०७

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पार्टी संगको सम्बन्ध परित्याग,भोली शपथ लिने

एएनजेड खबरमार्च १२, २०२३

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको सबैखाले संलग्नता परित्याग गरेका छन्। पद तथा गोपनियताको शपथ लिनु अघि उनले आज केन्द्रीय कार्यालयमा पत्र पठाएर कांग्रेससँगको संलग्नता परित्याग गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि शपथ लिने कार्यक्रम छ । राष्ट्रपतिको कार्यालय शीतलनिवासले शपथका लागि दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने तयारी गरेको छ।

नेपालको संविधान अनुसार राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ। राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पद तथा गोपनीयताको शपथ गराउने छन्।

तपाइँको प्रतिक्रिया