आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १२:३५ |सिड्नीको समय: १०:३५ |काठमाडौंको समय: ०६:२०

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

एएनजेड खबरमार्च १२, २०२३

ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले दिएको जानकारीअनुसार अहिले उद्धार कार्य भईरहेको छ। । मृतक तथा घाइतेको पहिचान खुलेको छैन।

बस बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो।अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ। विस्तृत विवरण आउन बाकी रहेको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया