आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०७:५८ |सिड्नीको समय: ०५:५८ |काठमाडौंको समय: ०१:४३

उपराष्ट्रपतिमा उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा

एएनजेड खबरमार्च ११, २०२३

उपराष्ट्रपतिको उम्मेदवारको नाम टुंगो लगाउन सत्ता गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । निर्वाचन आयोगले उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयन दर्ताको समय तोकेको थियो। बिहान ९ बजे देखि दिउसो २ बजेसम्मका लागि मनोनयन दर्ता गराउन समय सिमा तोकिए पनि सत्ता गठबन्धन भित्र सहमति हुन सकेको छैन।

यस अघि जसपालई उपराष्ट्रपति दिने भन्ने समाचार बाहिर आए पनि त्यसबारे दलहरू विभाजित देखिएका छन्। नागरिक उन्मुक्ति पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले फरक फरक उम्मेदवार सिफारिस गरेपछि समस्या देखिएको हो। जसपाले पनि उपराष्ट्रपतिका लागि रामसहायप्रसाद यादवलाई अघि सार्ने निर्णय गरेको छ।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

तपाइँको प्रतिक्रिया