आइतबार, असोज ६, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: ०७:४९ |सिड्नीको समय: ०५:४९ |काठमाडौंको समय: ०१:३४

उपराष्ट्रपति निर्वाचनको मनोनयन दर्ता आज

एएनजेड खबरमार्च ११, २०२३

चैत ३ गते हुने भनिएको उपराष्ट्रपति निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि दिउसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकेको हो।

उपराष्ट्रपतिको लागि परेको उम्मेदवारको विरोधमा उजुरी दिने समय पनि आजै तोकिएको छ । उम्मेदवारको विरोधमा परेको उजुरी उपर जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली भोलि आइतबार प्रकाशित गर्ने आयोगले जनाएको छ।

उपराष्ट्रपतिको उम्मेदवार राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

तपाइँको प्रतिक्रिया