सोमबार, चैत २४, २०८१ |Mon Apr, 2025
अक्ल्याण्डको समय: १७:३९ |सिड्नीको समय: १५:३९ |काठमाडौंको समय: ११:२४

पीएनजीले नेपाललाई दियो १८० रनको लक्ष्य  

एएनजेड खबरमार्च ३, २०२३

आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज भएको तेस्रो खेलमा नेपाललाई पपुवा न्युगिनी (पीएनजी)ले १८० रनको लक्ष्य दिएको छ। 

युएईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनाएको हो। पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए भने हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिए । सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए। त्यस्तै  कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।

तीव्र गतिका बलर करण केसीले ८ ओभरमा २ मेडन राख्दै ३२ रन खर्चिएर १ विकेट लिए । नेपालले केही बेरमा जवाफी  ब्याटिङ गर्दै छ। 

तपाइँको प्रतिक्रिया