शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०१:५३ |सिड्नीको समय: २३:५३ |काठमाडौंको समय: १९:३८

बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन

एएनजेड खबरसेप्टेम्बर ९, २०२२

बेलायतकी महारानी एलिजावेथको ९६ वर्षको उमेरमा निधन भएको छ।

स्कटल्यान्डमा रहेको बालमोरल क्यासलमा उनको निधन भएको बिबिसीले जनाएको छ। बिहीबारै बकिङ्हम प्यालेसले एउटा वक्तव्य जारी गर्दै उनको स्वास्थ्यमा समस्या देखिएको बताएको थियो।

उनी बेलायतमा सबभन्दा लामो समय, ७० वर्ष सात महिना अवधि शासन गर्ने महारानी हुन्। उनी सन् १९५२ मा महारानी बनेकी थिइन्। अब उनीपछि उनका जेठा छोरा चार्ल्स बेलायतका राजा बन्नेछन्। रानी एलेजावेथका चार्ल्ससहित चार सन्तान छन्।

उनका श्रीमान राजकुमार फिलिपको सन् २०२१ अप्रिलमा निधन भएको थियो। फिलिप र एलिजवेथको सन् १९४७ मा विवाह भएको थियो। त्यसको पाँच वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्। राजकुमार फिलिपको निधन भएको एक वर्ष नबित्दै महारानी एलिजावेथको निधन भएको हो।

उनको सात दशकको शासनमा बेलायतमा १५ जना प्रधानमन्त्री भए। बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी दुईपटक नेपालकाे राजकीय भ्रमण गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया