शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:५२ |सिड्नीको समय: २२:५२ |काठमाडौंको समय: १८:३७

जिसस चितवनको प्रमुखमा एमालेका अधिकारी निर्वाचित

एएनजेड खबरजुन १४, २०२२

चितवन- जिल्ला समन्वय समिति चितवनको प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका नारायण अधिकारी निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनमा मतदान हुँदा अधिकारी र गठबन्धनका उम्मेदवार पूर्णबहादुर रानाभाटले बराबर मत प्राप्त गरेका थिए। १४ जनाले मतदान गर्दा ७/७ भोट आएपछि गोलाप्रथाबाट अधिकारी निर्वाचित भएका हुन्।

एमाले बागमती प्रदेश कमिटी सदस्य रहेका अधिकारी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा इच्छाकामना-३ बाट वडा सदस्यमा निर्वाचित भएका थिए।
जिसस चितवनको उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी कल्पना काफ्ले सापकोटा निर्विरोध निर्वाचित भएकी थिइन्।

तपाइँको प्रतिक्रिया