सोमबार, चैत २४, २०८१ |Mon Apr, 2025
अक्ल्याण्डको समय: १८:०३ |सिड्नीको समय: १६:०३ |काठमाडौंको समय: ११:४८

एन्फाले नेपाल सुपर लिग गर्न दियो स्वीकृति

एएनजेड खबरजुन १४, २०२२

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो ।
एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ । साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ ।

तपाइँको प्रतिक्रिया