शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:३६ |सिड्नीको समय: २२:३६ |काठमाडौंको समय: १८:२१

बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु

एएनजेड खबरजुन १३, २०२२

बारा– बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको छ। महागढीमाई नगरपालिका वडा नम्बर ८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार बेलुकी साढे १० बजे पुलबाट खसेको हो।

मोटरसाइकल चालक सुवर्ण गाउँपालिका वडा नम्बर ७ सनफुल्वाका ३५ वर्षीय बिरूलाल यादव र भारत मोतिहारी पूर्वी चम्पारण समरपुर–२ का ३० वर्षीय मेवाचन्द्र राय यादवको मृत्यु भएको हो।
प्र–०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट करिब २५ फिट तल खसेको प्रहरीले जनाएको छ ।
पुलबाट मोटरसाइकल खस्दा दुई जना गम्भीर घाइते भएका थिए।
कलैया अस्पतालमा उपचारका लागि पठाइएकोमा गए राति दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाइँको प्रतिक्रिया