शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:४५ |सिड्नीको समय: २२:४५ |काठमाडौंको समय: १८:३०

श्रमिकहरूको हक, अधिकारको सुरक्षा र आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ छ – प्रधानमन्त्री

एएनजेड खबरजुन १२, २०२२

काठमाडौं-  प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारबाट काठमाडौं सुरु भएको राष्ट्रिय सम्मेलनमा बोल्दै एवम् नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले श्रमिकहरूको हक, अधिकारको सुरक्षा र उनीहरूको लागि आवश्यक सुविधा उपलब्ध गराउन सरकार दृढ संकल्पित रहेको बताए । “एउटा कुरा के बुझ्नुपर्‍यो भने तपाईंहरूले यो कांग्रेसको एकलौटी सरकार होइन । यो नबुझिकन तपाईंहरूले यो धेरै दाबी गर्ने कुरा छैन । अरू कतिपय तपाईंहरूले अति महत्वपूर्ण कुराहरू उठाउनुभएको छ । कतिपय बजेटमा आएका छन । छैनन् भने पनि हामीहरू त्यसलाई पूरा गर्नेछौँ,” उनले भने । 

तपाइँको प्रतिक्रिया