शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ००:३९ |सिड्नीको समय: २२:३९ |काठमाडौंको समय: १८:२४

प्रदेश १ को नीति तथा कार्यक्रम पारित

एएनजेड खबरजुन १२, २०२२

काठमाडौं -प्रदेश  १ सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८०  प्रदेशसभाबाट बहुमतले पारित भएको छ । आइबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । बैठकमा मुख्यमन्त्री राजेन्द्रकुमार राईले सासंदहरुले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जिवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए ।

यस्तै, असार १ गते प्रदेश सभा बैठकमा  बजेट पेस हुँदैछ । उक्त बैठकका लागि सांसदहरूलाई २ बजे  उपस्थित  हुन सभामुखले अनुरोध गरेका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई र भिम आचार्यसहित २० जना प्रदेशसभा सदस्यहरूले बोलेका थिए । 

तपाइँको प्रतिक्रिया