आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:२७ |सिड्नीको समय: १३:२७ |काठमाडौंको समय: ०९:१२

पहिरोको कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

एएनजेड खबरजुन ९, २०२२

काठमाडौं – अविरल वर्षा पछि आएको पहिरोका कारण मुग्लिङ – नारायणघाट सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो गए सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

पहिरो हटाएर राजमार्ग सञ्चालन गर्ने प्रयास भए पनि वर्षाका कारण कठिन भइरहेको छ । सडक अवरुद्ध भएपछि बुधबारदेखि यात्रुहरू अलपत्र परेका छन् । बिहानदेखि झन् ठूलो पहिरो खसेको छ ।

तपाइँको प्रतिक्रिया