शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: २१:३६ |सिड्नीको समय: १९:३६ |काठमाडौंको समय: १५:२१

एकीकृत समाजवादीको विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा पराजुली

एएनजेड खबरजुन ७, २०२२

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई नै विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्ष बनाइएको छ।
यो कमिटीका लागि ३३ जना सदस्य प्रस्ताव गरिएको छ।
विद्यार्थी विशेष जिल्ला कमिटी सदस्यहरूमा उत्तर खड्का, प्रकाश शाही, मनोज चन्द, हर्क बम, निश्चल गुप्ता, मनिषा कार्की, लक्ष्मी क्षेत्री वि।सी।, अनु आँकुरा, प्रदिप थापा, देवीराम जैसी, अम्मर पुन, अञ्जलिका श्रेष्ठ, प्रविण विष्ट, ओम अधिकारी, किरण पौडेल, न्यूसन लामिछाने, सन्तोष शेर्पा, आकाश खनाल, मुकेश कुँवरलगायत छन्।
यस्तै प्रकाश श्रेष्ठ, आशिष थपलिया, गौरव थापा, सुदिप घिमिरे, अविचल पाण्डे, शोभा बम ठकुरी, टुपेन्द्र प्रसाई, तर्क शाही, मनोज शाही, प्रदिप खनाल, सरु रिजाल, नरेश न्यौपाने र सुमन पौडेल पनि सदस्य छन्।
यो कमिटीको बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष माधवकुमार नेपालको उपस्थितिमा सपथ गराउने कार्यक्रम छ।

तपाइँको प्रतिक्रिया