सोमबार, चैत २४, २०८१ |Mon Apr, 2025
अक्ल्याण्डको समय: १७:२८ |सिड्नीको समय: १५:२८ |काठमाडौंको समय: ११:१३

‘फाइनालिसिमा’ को उपाधि अर्जेन्टिनाले जित्यो

एएनजेड खबरजुन २, २०२२

काठमाडौं– अर्जेन्टिनाले इटालीलाई हराउँदै ‘फाइनालिसिमा’ उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । युरोप र दक्षिण अमेरिकाको च्याम्पियन टोलीबीच यो खेल खेलाइन्छ ।
फाइनलिसीमा नाम दिएको प्रतियोगिताको उपाधि जित्ने क्रममा अर्जेन्टिना ३–० ले विजयी भयो।
इंग्ल्यान्डको वेम्बली रंगशालामा भएको खेलमा अर्जेन्टिनाका लगि मार्टिनेजले २८ मिनेटमा पहिलो गोल गरेका थिए।
कोपा अमेरिकन च्याम्पियन अर्जेन्टिनाका लागि डि मारियाले पहिलो हाफको इन्जुरी सयममा अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० ले अघि रहेको अर्जेन्टिनाका लागि डिबालाले दोस्रो हाफको इन्जुरी टाइममा अर्को गोल गरेका थिए।
युरोपियन र दक्षिण अमेरिकन च्याम्पियनबीच २९ वर्षपछि प्रतिस्पर्धा भएको हो।
यता बुधबार जित हात पारेसँगै अर्जेन्टिनाले आफ्नो अपराजित खेल संख्या ३२ खेलसम्म पुर्‍याएको छ। अर्जेन्टिना जुन २०१९ देखि अपराजित छ।

तपाइँको प्रतिक्रिया