शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १९:३८ |सिड्नीको समय: १७:३८ |काठमाडौंको समय: १३:२३

भोलि काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको शपथग्रहण हुने

एएनजेड खबरमे २९, २०२२

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सोमबार शपथग्रहण गर्ने भएका छन् । महानगरमा मेयर, उपमेयर, वडाध्यक्ष र वडासदस्यलगायतले शपथग्रहण गर्ने भएका हुन् ।
भोलि बिहान ११ बजे काठमाडौंका मुख्य निर्वाचन अधिकृतले स्वतन्त्रबाट निर्वाचित महानगरका मेयर बालेन्द्र शाहलाई शपथग्रहण गराउने कार्यक्रम रहेको छ । त्यसपछि मेयर शाहले अन्य जनप्रतिनिधिहरूलाई शपथग्रहण गराउनेछन् ।
राष्ट्रिय सभागृहमा हुने शपथग्रहण कार्यक्रमपछि मेयर शाह र उपमेयर सुनीता डंगोलले पदभार ग्रहण गर्नेछन् । महानगरका कुल ३२ वडामध्ये १९ वडाको नेतृत्व नेपाली कांग्रेसले लिएको छ । नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडाको नेतृत्व लिएको छ ।

तपाइँको प्रतिक्रिया