ललितपुरमा चिरिबाबुको फराकिलो अग्रता
एएनजेड खबरमे २२, २०२२
काठमाडौ – स्थानीय तह निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार ८२६ मतगणना सकिएको छ । यहाँ ८५ हजार ८६१ मत खसेको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार चिरिबाबु महर्जनको ३२ हजार ३७८ मतसहित अग्रता कायमै छ । नेकपा (एमाले)का उमेदवार हरिकृष्ण व्यञ्जनकारले १८ हजार ८८६ मत ल्याएका छन् ।
उपप्रमुखमा एमालेकी मन्जली शाक्य १८ हजार ३०९ मतसहित अगाडि छिन् । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार बाबुराज बज्राचार्यले १३ हजार ४७२ मत पाएका छन् । अब ललितपुर महानगरमा २२ हजार ३५ मतगणना गर्न बाँकी छ ।
तपाइँको प्रतिक्रिया