शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १९:३५ |सिड्नीको समय: १७:३५ |काठमाडौंको समय: १३:२०

हालसम्म ५७२ पालिकाको नतिजा सार्वजनिक

एएनजेड खबरमे १९, २०२२

काठमाडौं – बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहीबार दिउँसो ३ः३० बजेसम्म ७५३ मध्ये  ५७२ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । 

निर्वाचन आयोगका अनुुसार मत मरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले २५२ स्थानीय तह प्रमुख जितेको छ । कांग्रेसले १६६ गाउँपालिका अध्यक्ष जितेको छ भने ८६ नगरपालिका प्रमुख जितेको छ ।

यस्तै, नेकपा एमालेले १६१ स्थानीय तह प्रमुख जितेको छ । एमालेले १०९ गाउँपालिका अध्यक्ष जित्दा ५२ नगरपालिका प्रमुख जितेको छ । माओवादी केन्द्रले ८९ गाउँपालिका अध्यक्ष र १६ नगरपालिका प्रमुखसहित १०५ स्थानीय तह जितेको छ । 

यस्तै, जनता समाजवादी पार्टी नेपाल १४ वटा गाउँपालिका अध्यक्षमा निर्वाचित भएको छ एकीकृत समाजवादीले ६ वटा मेयरमा जित हासिल गरेको छ । 

तपाइँको प्रतिक्रिया