शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १९:२२ |सिड्नीको समय: १७:२२ |काठमाडौंको समय: १३:०७

स्याङ्जाको अर्जुनचौपारीमा कांग्रेस विजयी

एएनजेड खबरमे १८, २०२२

स्याङ्जा -स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रकाश तिवारी र उपाध्यक्षमा सपना गुरुङ विजयी भएका छन् । अध्यक्षमा विजयी भएका तिवारीले नेकपा (एमाले)का चीनमाया गुरुङलाई एक हजार ९४४ मतान्तरले पछि पारेको निर्वाचन अधिकृत शुभाकर पौडेलले जानकारी दिए ।

तिवारीले पाँच हजार २९१ मत प्राप्त गर्दा गुरुङले तीन हजार ३४७ मत ल्याए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट गुरुङ उपप्रमुखमा विजयी भएका थिए । त्यस्तै उपप्रमुखमा काँग्रेसकै सपना गुरुङ विजयी भएकी छन् । गुरुङले एमालेका टङ्कप्रसाद खनाललाई एक हजार ६० मतले पराजित गरेकी हुन् । गुरुङले चार हजार ८२७ मत ल्याउँदा खनालले तीन हजार ७६७ मत प्राप्त गरिन् ।

६ वटा वडा रहेको अर्जुनचौपारी गाउँपालिकाको १, २, ३, ४, ५ नं वडामा काँग्रेस,  वडा नं ६ मा एमाले विजयी भएको निर्वाचन अधिकृत पौडेलले बताए । कूल १३ हजार ८६७ मतदाता रहेको अर्जुनचौपारीमा ६५.८१ प्रतिशत मत खसेको थियो । पुरुष चार हजार १९८ र चार हजार ९२८ महिला गरी कूल नौ हजार १२६ मत खसेको थियो । 

तपाइँको प्रतिक्रिया