शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १७:२० |सिड्नीको समय: १५:२० |काठमाडौंको समय: ११:०५

वैशाख ३० सार्वजनिक बिदा

एएनजेड खबरमे ९, २०२२

काठमाडौं– सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको वैशाख २५ को निर्णयअनुसार गृह मन्त्रालयले बिदा दिएको हो। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारी कार्यालय र सार्वजनिक निकायहरूमा वैशाख ३० मा सार्वजनिक बिदा दिने निर्णय भएको बताए। यस्तै मतदान केन्द्र रहेका विद्यालयमा तीन दिन पनि बिदा हुने यसअघि निर्णय भएको थियो। वैशाख ३० मा बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समय छ।

तपाइँको प्रतिक्रिया