शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १४:५९ |सिड्नीको समय: १२:५९ |काठमाडौंको समय: ०८:४४

गाउँपालिका अध्यक्षका प्रत्याशी बनेका विरुद्ध पक्राउ पुर्जी जारी

एएनजेड खबरमे ४, २०२२

काठमाडौं– ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्षका उम्मेदवार बनेका मिलन कुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
विष्ट यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन् ।

उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनाका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पुर्जी पठाएको प्रहरी कार्यालयले जनाएको छ ।
लिखु गाउँपालिका – ९ घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

तपाइँको प्रतिक्रिया