शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १२:३३ |सिड्नीको समय: १०:३३ |काठमाडौंको समय: ०६:१८

सुर्खेतमा टेम्पो पल्टिँदा एक जनाको मृत्यु

एएनजेड खबरअप्रिल १७, २०२२

सुर्खेत– सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ ।
बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो हिजो साँझ पौने ७ बजे पल्टिएको थियो ।
दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ बर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ वर्षीया पूर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

तपाइँको प्रतिक्रिया