शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १२:४२ |सिड्नीको समय: १०:४२ |काठमाडौंको समय: ०६:२७

अर्जुन दासको हत्या आरोपमा चार जना पक्राउ

एएनजेड खबरअप्रिल १५, २०२२

काठमाडौं– कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देहीको बेलहियाबाट हत्या आरोपमा मनोज भण्डारीसहित ४ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ पर्नेमा जानकी–९ घर भएका १९ वर्षका मनोज भण्डारी, सोही ठाउँका १९ वर्षीय सुमित साउद, बम बहादुर बोहोरा उर्फ बमे र रोन परियार उर्फ दिलिप दास छन् । महाशाखाको टोलीले वैशाख १ मा उनीहरुलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर–१ बेलहिया सीमा नाकाबाट पक्राउ गरेर काठमाडौंमा सार्वजनिक गरेको छ ।
टाउको काटेर छुट्याएको अवस्थामा स्थानिय अमरावती सामुदायिक बनमा पुस ३ मा अर्जुनको शव भेटिएको थियो ।

तपाइँको प्रतिक्रिया