शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १२:२३ |सिड्नीको समय: १०:२३ |काठमाडौंको समय: ०६:०८

एमाले र राप्रपा नेपालबीच गठबन्धन

एएनजेड खबरअप्रिल १३, २०२२

काठमाडौं – आगामी बैशाखमा हुने स्थानिय निर्वाचनमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ ।
नेकपा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र कमल थापा नेतृत्वको राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार देशभर सम्भव गएको ठाउँमा एमाले र राप्रपा नेपालबीच तालमेल हुनेछ र राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।
राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएको ठाउँमा नेकपा एमालेका उम्मेदवारलाई सघाउनेछ भने एमालेले पनि राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमति भएको छ ।

तपाइँको प्रतिक्रिया