शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: १२:३३ |सिड्नीको समय: १०:३३ |काठमाडौंको समय: ०६:१८

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त

एएनजेड खबरअप्रिल १०, २०२२

काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएका छन । उनी विरुद्धको अविश्वास प्रस्ताव संसदवाट पारित भए पछि उनी पद मुक्त भएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन । खानको विपक्षमा १७ ४ सांसदले मतदान गरेका थिए । ३४२ सदस्यीय नेसनल एसेम्ब्लीमा बहुमतका लागि १७२ सांसद चाहिन्थो।

उनले अविश्वास प्रस्ताव दर्ता भए पछि संसद विघटन गरेका थिए । अदालतले संसद विघटन अस्वीकार गर्दै अविश्वास प्रस्ताव अघि बढाउन आदेश दिएको थियो ।

तपाइँको प्रतिक्रिया