शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:४३ |सिड्नीको समय: ०७:४३ |काठमाडौंको समय: ०३:२८

नेपाल बारमा गठबन्धनका सबै उम्मेदवार विजयी

एएनजेड खबरअप्रिल ८, २०२२

काठमाडौं– नेपाल बार एसोसिएसनको निर्वाचनमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी भएका छन् । प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ ।
नतिजा अनुसार काँग्रेस–माओवादीसहित सत्तारुढ गठबन्धन निकट कानुन व्यवसायीहरुको प्यानलले क्लिन स्वीप गरेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार ४४७४ मतसहित गोपालकृष्ण घिमिरे अध्यक्षमा विजयी भएका छन् ।
यस्तै उपाध्यक्ष प्रदेश १ मा सुरज खत्री, मधेस प्रदेशमा सुधीर कुमार कर्ण, बागमती प्रदेशमा हर्क बहादुर रावल, गण्डकी प्रदेशमा वीरेन्द्र केसी, लुम्बिनी प्रदेशमा पशुपति भण्डारी, कर्णाली प्रदेशमा उत्तम कुमार आचार्य र सुदूरपश्चिम प्रदेशमा तुलाराम गिरी विजयी भएका छन् ।

यसैगरी उपाध्यक्ष महिला, खुलामा आशा राई विजयी हुँदा महासचिवमा अन्जिता खनाल विजयी भएकी छन् । यसैगरी कोषाध्यक्षमा भरतबहादुर राउत विजयी हुँदा सदस्यमा विनिता नेपाली, किरण कुमारी शाह, नरेश कुमार शाह, नारायण दास राई, रुपबहादुर सारु, सीता पौड्याल, शर्मिला थापा विष्ट, जीतेन्द्रबहादुर मडै, भरतकुमार लकाइ, देवी प्रसाद कोक्ष्इराला, निर्भयराज पौडेल, सन्तोष कुमार राउत, गुणराज आचार्य, सन्तोष तिवारी विजयी भएका छन् ।

बारको यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ जना अधिवक्ता मतदाता रहेका थिए । तीमध्ये सातहजार ४२९ मत खसेको थियो ।

तपाइँको प्रतिक्रिया