शुक्रबारदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु
एएनजेड खबरअप्रिल ८, २०२२
काठमाडौं– शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । सरकारले स्वास्थ्य संस्था, विद्यालय तथा नजिकको वडा कार्यालयमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउन लागेको हो ।
म्यादी ज्वरो अर्थात् टाइफाइड एक संक्रामक रोग हो ।
यो खोप सुरुमा १५ महिनादेखि १५ वर्ष उमेर समूहलाई देशभर एकैसाथ लगाउन लागिएको हो ।
तपाइँको प्रतिक्रिया