आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:४५ |सिड्नीको समय: १३:४५ |काठमाडौंको समय: ०९:३०

फेरि बढ्यो इन्धनको मूल्य

एएनजेड खबरअप्रिल ६, २०२२

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मुल्य फेरि बढाएको छ । गए राति देखि लागू हुने गरी मुल्य वृद्धि गरिएको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेलको मूल्य प्रति लिटर १४३ रुपैयाँ पुगेको छ ।

निगमले पेट्रोल, डिजल र मट्टितेलसँगै खाना पकाउने ग्यासको मूल्य समेत बढाएको छ । यस अघि १५ सय ७५ रुपैयाँ रहेको खाना पकाउने ग्यास अब प्रति सिलिण्डर १६ सय रुपैयाँ पुगेको छ । पेट्रोलियम पदार्थको मुल्य आकासिदै जाँदा सर्वसाधारणको जन जीवन थप कष्टकर बन्दै जाने देखिएको छ ।

पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतिय सामग्रीको प्रयोग बढाउने विषयमा समेत सरकारले प्रभावकारी काम गर्न सकेको छैन ।

तपाइँको प्रतिक्रिया