शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०९:२९ |सिड्नीको समय: ०७:२९ |काठमाडौंको समय: ०३:१४

शुक्रबारदेखि बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने

एएनजेड खबरअप्रिल ५, २०२२

काठमाडौं – नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको खोप दिइन लागिएको छ । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म ( २४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ ।

खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन, तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि प्रयोग गरिने छ । यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।

तपाइँको प्रतिक्रिया