शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:४७ |सिड्नीको समय: ०७:४७ |काठमाडौंको समय: ०३:३२

त्रिकोणात्मक सिरिजको उपाधि नेपाललाई

एएनजेड खबरअप्रिल ४, २०२२

काठमाडौं– नेपाली राष्ट्रिय टोलीले घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै उपाधि जितेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको १६९ रनको लक्ष्य पीएनजीले १६ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै ११८ रन बनायो ।

तपाइँको प्रतिक्रिया