शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०७:२२ |सिड्नीको समय: ०५:२२ |काठमाडौंको समय: ०१:०७

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

एएनजेड खबरमार्च २५, २०२२

काठमाडौं –  चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल भ्रमणमा आउँदै छन । दुई दिने नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ । विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

चिनियाँ विदेश मन्त्री यी ले नेपाली समकक्षी परराष्ट्र मन्त्री डा. नारायण खड्का संग बार्ता गर्नेछन । चीन र नेपाल विच केहि सम्झौता गर्ने तयारी छ ।

तपाइँको प्रतिक्रिया