युएईसँग नेपाल पराजित
एएनजेड खबरमार्च १८, २०२२
काठमाडौं – आईसीसी विश्वकप लिग टूमा नेपालले युएईसँग ४८ रनको हार ब्यहोरेको छ । १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १२० रनमै अलआउट भयो ।
दुवई अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिले फिल्डिङ गरेको नेपालको बलिङ प्रदर्शन उत्कृष्ट थियो । थोरै लक्ष्यमा पनि नेपाली ब्याटरहरुले संयमित प्रदर्शन गर्न सकेनन् ।
तपाइँको प्रतिक्रिया