आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १२:१० |सिड्नीको समय: १०:१० |काठमाडौंको समय: ०५:५५

मकवानपुरमा बस दुर्घटनाहुँदा दुई जनाको मृत्यु,९ घाइते

एएनजेड खबरमार्च १८, २०२२

मकवानपुर– मकवानपुरमा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ९ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु हुनेमा नुवाकोट तारकेश्वर नगरपालिका–४ का २२ वर्षीय सुवास श्रेष्ठ र सोही ठाउँका २९ वर्षीय शम्भु दराई मगर रहेका छन्।

हेटौंडाबाट चितवन जाँदै गरेको बा४ख ४४५४ नम्बरको यात्रुबाहक बस बिहान पौने ९ बजे मनहरी नगरपालिका ६ मा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूलाई उपचारका लाथि चितवनस्थित अस्पताल पठाइएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ ।

तपाइँको प्रतिक्रिया