शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०५:४२ |सिड्नीको समय: ०३:४२ |काठमाडौंको समय: २३:२७

एनआरएनएको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा

एएनजेड खबरमार्च १६, २०२२

काठमाडौं -गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशन चैत्र ८ गतेदेखि ११ गतेसम्म (मार्च २२ देखि २५) काठमाडौको होटल याक एण्ड यतीमा हुने भएको छ। संघको १० औं महाधिवेशन होटल याक एण्ड यतीमा हुने कुरा महाधिवेशन आयोजक समितिका संयोजक तथा संघका उपाध्यक्ष सोनाम लामाले बताए । महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलनको तयारी अन्तिम अवस्थामा पुगेको लामाले जनाए ।

महाधिवेशन भब्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु पनि गठन गरिएको संयोजक लामाले बताए । महाधिवेशनको लागि महाधिवेशन प्रतिनिधि तथा गैरआवासीय नेपालिहरु नेपाल आउने क्रम जारी रहेको छ।

तपाइँको प्रतिक्रिया