शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०५:३७ |सिड्नीको समय: ०३:३७ |काठमाडौंको समय: २३:२२

एनआरएनए विवाद : शेष घलेले गरे निर्वाचन समिति पुनर्गठन

एएनजेड खबरमार्च ११, २०२२

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए)का प्रमुख संरक्षक शेष घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन् । गैर आवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को धारा १६..१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन् । कुमार पन्त नेतृत्वको संघका वर्तमान कार्यसमितिले विधान अनुसार काम नगरेको र कार्यकाल सकिएको लामो समयसम्म चुनाव हुन नसकेको भन्दै प्रमुख संरक्षक घलेले यस्तो निर्णय गरेको बताएका छन्। घलेले संघको केन्द्रीय समितिको निर्वाचन गराउन  निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेका छन्।  वर्तमान कार्यसमितिले मार्च २४ र २५ गते महाधिवेशन गराउने तयारी गरिरहेको छ । यसका लागि आज शुक्रबारसम्म मनोनयनको मिति राखिएको छ । घले पक्षले संघका उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिको सह–संयोजकमा अर्का उपाध्यक्ष मन केसी छन्।आयोजक समितिको सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने छन् । दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौंमा आयोजना हुने बताइएको छ । निर्वाचन समितिको प्रमुख निर्वाचन अधिकृतमा विश्व बराल (अमेरिका) तथा सदस्यहरुमा इन्द्रा बन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् ।

तपाइँको प्रतिक्रिया